किसुन जि को कार्यक्रममा प्रमुख अतिथि ओली

1884
views

काठमाण्डौ, ७ पुस । नेपाली काङ्ग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको जन्मजयन्तिका अवसरमा आयोजित विशेष समारोहको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली बन्नु हुने भएको छ ।
भट्टराई आश्रम बाँडेगाउँमा पुष ८ गते शनिबार आयोजना हुने ‘जन्मजयन्ति समारोह’मा केपी ओली प्रमुख अतिथि बन्नुभएपछि सामाजिक सञ्जालमा विभिन्न टिका–टिप्पणी भएका छन् ।
काङ्ग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा हुँदाहुँदै ओलीलाई प्रमुख अतिथि बनाइनु उचित नभएको भन्ने टिप्पणी उठेको छ ।
प्राप्त जानकारीअनुसार पुष ८ गते भट्टराई आश्रम बाँडेगाउँमा आयोजना गरिने ‘जन्मजयन्ति समारोह’मा प्रमुख अतिथि बनिदिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आश्रमका तर्फबाट आग्रह गरिएको थियो ।
भट्टराई आश्रमसम्बद्ध एक वरिष्ठ पत्रकारले देउवालाई भेटि कार्यक्रममा प्रमुख अतिथि बन्न निमन्त्रणा दिएका थिए । तर देउवाले आफू असमर्थ रहेको जवाफ फर्काए । सम्बद्ध सूत्रका अनुसार देउवाले अलिक झन्र्किंदै ‘म किशुनजीको कार्यक्रममा बाडेगाउँ आउन सक्दिनँ’ भनेका थिए ।
देउवाले त्यसरी ‘असमर्थ’ रहेको जवाफ दिएपछि आयोजकहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समारोहको प्रमुख अतिथि बन्न आग्रह गरेका थिए ।