यसकारण भयो म्यादी र प्रहरीबीच झडप, म्यादी प्रहरीको मृत्यु

637
views

कालिकोट, ७ पुस । चुनावका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई चुनावसम्म निकै मायममता गरेको प्रहरीले चुनाव सकिएपछि भने झडप गर्न पछि परेन् । म्यादीको मजदुरी माथि प्रहरीले हस्तक्षेप गरेपछि झडप सम्म भएको छ । कालिकोटमा तलबको विषयलाई लिएर प्रहरी र म्यादी प्रहारीविच झडप भएको छ । तलवको विषयमा म्यादी प्रहरीले गरेको जुलुसमा प्रहरीले गोलि चलाउँदा एक जना म्यादी प्रहारीको टाउकोमा लागेर म्यादी प्रहरीको मृत्यु भएको छ ।

प्रहरीले म्यादीको तलव यस अघि २४ हजार भुक्तानि भए पनि अबको तलब ३४ हजार दुई सय ५० दिने भनेपछि तलवका विषयमा चित्त नबुझेको भन्दै ज्ञापन पत्र बुझाउन आएका म्यादी प्रहरीमाथि लाठी प्रहार भएपछि झडप भएको बताइएको छ ।

कालीकोटको अवस्था तनाव ग्रस्त छ । प्रहरीले अश्रुग्यास र हवाइ फायर गर्दा बिच बजारमा हिडेको अवस्थामा विवेक ऐडीलाई गोलि लागेको स्थानियले बताएका छन ।

घाईते म्यादी हो या होइन भन्ने कुराको जानकारी नभएको प्रहरीको भनाई छ ।