लागूऔषध सहित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर पक्राउ

666
views

इटहरी ९, पुस । धरानस्थित वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर प्रतिबन्धित लागू औषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । प्रतिष्ठानमा इन्टर्न सकेका डाक्टर क्षितिज श्रेष्ठ पक्राउ परेका हुन् ।

प्रतिष्ठानमा कार्यरत सुरक्षागार्डले डाक्टर श्रेष्ठ सहित ३ जनालाई शनिवार लागू औषध सहित पक्राउ गरेको प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारले पुष्टि गरेका छन् ।

डाक्टर श्रेष्ठसहित धरान १२–का उज्वल हलवाई र दिनेश श्रेष्ठलाई पक्राउ गरिएको छ । हलवाई प्रतिष्ठानभित्र ब्राउन सुगर र्पुयाउने र श्रेष्ठले डाक्टरलाई उपलब्ध गराउने गरेको इलाका प्रहरी कार्यालय धरान स्रोतले जनाएको छ ।

श्रेष्ठ प्रतिष्ठानको ४ नं मेसका सञ्चालक हुन् । उनीहरुलाई शनिबार प्रतिष्ठानको सुरक्षा गार्डहरुले रंगेहात पक्राउ गरेको थियो । प्रतिष्ठानका प्रवक्ता डा. पशुपति चौधरीले भने होस्टल वार्डेनले छानबिन गरिरहेकोले यथार्थ पत्ता लाग्न बाँकी रहेको बताए ।

त्यहाँ प्रहरीलाई पनि बोलाइएको प्रवक्ता चौधरीको भनाई थियो । ‘वार्डेनले छानबिन गरिरहेको छ, शंका लागेर प्रहरी पनि बोलाएको रहेछ’ उनले भने ।

पक्राउ परेका डाक्टर श्रेष्ठलाई म्याद थप नभएकोले प्रहरीले घटनाको विषयमा औपचारिकरुपमा जानकारी गराएको छैन । प्रहरी स्रोतका अनुसार डा. श्रेष्ठको कोठाबाट २५ मिलिग्राम ब्राउन सुगर वरामद भएको छ ।

‘रुममा नै थालमा राखेर प्रयोग गर्न तयारी अवस्थामा रहेका बेला फेला परेको छ’ प्रहरी स्रोतले भन्यो, ‘उज्वलले बाहिरबाट भित्र पु¥याउने भित्र मेस सञ्चालक दिनेशले डाक्टरलाई सप्लाई गर्ने गरेको रहेछ ।’