राजनीतिक परामर्शबाट अध्यादेश जारी गर्ने राष्ट्रपतिको तयारी

777
views

काठमाण्डौ, ९ पुस । राष्ट्रिय सभा अध्यादेशको विषयमा राजनीतिक परामर्शलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तीब्रता दिन थालेकी छिन् । राष्ट्रपतिले जारी गरेको विज्ञप्तीमा राजनैतिक गतिरोध अन्त्यका लागि केन्द्रीय संसदमा प्रतिनिधित्व गर्ने तराई केन्द्रित दलहरुसँग परामर्श थालेकी हुन् ।

स्रोतका अनुसार राष्ट्रपति भण्डारीले राजनीतिक सहमतिकै आधारमा अध्यादेश जारी गर्ने तयारी रहेको बुझिएको छ । सोही अनुरुप राष्ट्रपति भण्डारीले परामर्शका लागि फोरम अध्यक्ष उपेन्द्र यादवलाई बिहान १० बजे राष्ट्रपति कार्यालय शितल निवासमा बोलाइएको छ ।

फोरमसँग परामर्श गरिसकेपछि राजपा नेताहरुसँग परामर्श गर्ने राष्ट्रपतिको तयारी छ । फोरम अध्यक्ष यादव अध्यादेशको पक्षमा देखिएका छन् ।

राष्ट्रपति कार्यालयमा सरकारले उक्त अध्यादेश प्रमाणीकरणका लागि पेश गरेको दुई महिना बितिसकेको छ । सत्तारुढ कांग्रेस र एमालेबीच विवाद चर्किरहंदा उक्त अध्यादेशबारे राष्ट्रपति कार्यालय सहमतिमा जोड दिंदै त्यसबारे टुंगोमा भने पुगेको छैन । यसअघि राष्ट्रपतिले एमाले, कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग छलफल गरिसकेकी छिन् ।