यात्रुबाहक बस नदीमा खस्दा कम्तिमा ३२ को मृत्यु

811
views

एजेन्सी/नयाँदिल्ली, ९ पुस । भारतमा एक यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ३२ यात्रुको मृत्यु भएको छ । शनिबार भएको दुर्घटनामा डेढ दर्जन यात्रु घाइते भएका छन् । राजस्थान राज्यको मधोपुर जिल्लाको दुबीको बनास नदीमा सो बस दुर्घटना भएको हो । तीव्र गतिमा गुडिरहेको बस एक्कासि चालकले नियन्त्रण गुमाउँदा सडकबाट ३० मिटरमुनि रहेको नदीमा खसेको राजस्थानका एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।

बसमा ५० जना यात्रु सवार थिए । दुर्घटनामा केही यात्रु हराइरहेका छन् भने केहीको शव नदीबाट बाहिर निकालिएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

अगाडि रहेको अर्को यात्रुबाहक बसलाई उछिन्न खोज्दा चालकले नियन्त्रण गुमाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनास्थल राजस्थान राज्यको राजधानी जयपुरदेखि एक सय ६० किलोमिटर टाढा पर्दछ ।