प्रचण्डको प्रतिक्षामा एमाले अध्यक्ष ओली

934
views

काठमाण्डौ, ११ पुस । चार दिन लामो चितवन बसाईं सकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज काठमाडौं फर्कदैं छन् । एमाले अध्यक्ष ओली प्रचण्डको प्रतिक्षामा रहेका छन् ।

प्रचण्ड मंगलबार बिहान रामपुरस्थित कृषि तथा बनविज्ञान विश्वविद्यालयले आयोजना गरेको बधाई तथा स्वगत कार्यक्रममा सहभागी भएका प्रचण्ड छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकाद्वारा आयोजित एउटा अन्तक्र्रिया कार्यक्रममा सहभागी छन् ।

प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाका अनुसार प्रचण्ड ३ बजे काठमाडौंका लागि प्रस्थान गर्ने र त्यसपछि पार्टी एकता, सरकार निर्माण र राष्ट्रिय सभाको अध्यादेश लगायत विषयमा एमालेसँग छलफल हुने बताएका छन् ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीका भनाईमा, ओलीपनि आज दिनभर बालकोटस्थित निवासमै रहनेछन् । अधिकारीले भने, ‘निवासमै बधाई तथा शुभकामनाका लागि हुने एकाध भेटबाहेक अरु कुनै कार्यक्रम आज तय भएका छैनन् ।’

‘त्यसो भए प्रचण्ड काठमाडौंबाट फर्केपछि आज दुई नेताबीच वा एकता संयोजन समितिको बैठक होला त ? अधिकारीका अनुसार अहिलेसम्म त्यस्तो कुनै बैठक तय भइसकेको चाहिँ छैन ।’

प्रचण्डका साथमा रहेका एमाले नेता देवी ज्ञवालीका अनुसार प्रचण्ड आज काठमाण्डौ फर्केपनि आजै बैठक बस्ने एकनि नभएको तर भोलि विहान हुन्छ कि भन्ने सम्भावना रहेका छ ।

एमाले–माओवादी केन्द्रका दुबै शीर्ष नेताहरु एकताप्रति प्रतिबद्व भएपनि प्रचण्डको लामो चितवन बसाईंका कारण नकरात्मक आशंका जन्मिएकाले एकता संयोजन समितिको बैठक नबसेपनि दुई नेताले त्यो आशंका चिर्न आजै भेट गर्ने सम्भावना देखिएको छ ।