अध्यादेश रोकेको भन्दै राष्ट्रपति विरुद्ध नेविसंघ सडकमा

618
views

काठमाण्डौ, ९ पुस । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेशलाई लिएर राष्ट्रपतिविरुद्ध सडकमा उत्रिएको छ ।

नेविसंघले आइतबार प्रदर्शनीमार्गबाट रत्नपार्कको शान्तिबाटिकासम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रपति ज्यू, लोकतन्त्र नजिता मात्र होइन, प्रक्रिया पनि हो, संविधानको रक्षा गर जस्ता नारा लगाएका थिए ।

राष्ट्रिय सभा गठन अध्यादेश रोकेर राष्ट्रपतिले संवैधानिक गतिरोध सृजना गर्न खोजेको नेविसंघको आरोप छ ।