सशस्त्र मुख्यालय आगलागी प्रकरणमा प्रहरी हवल्दारको संलग्नता

671
views

काठमाण्डौ, ११ पुस । सशस्त्र प्रहरी मुख्यालयमा पुस ३ गते राति भएको आगलागीमा मुखयलयमा नै कार्यरत प्रहरी हवल्दार संलग्न भएको अनुसन्धानबाट खुलेको छ ।

आगलागीमा संलग्न भएको आरोपमा सशस्त्रका हवल्दार रामकृष्ण श्रेष्ठ पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान महाशाखाले मंगलबार बिहान पक्राउ गरेको स्रोतले जनाएको छ ।

पक्राउ परेका श्रेष्ठलाई सरकारी कागजात आगजनीमा मुद्दा लगाउने तयारी भएको छ । यसअघि विद्युत सर्ट भएर आगो लागेको ठानिए पनि प्रहरी अनुसन्धानले हवल्दार श्रेष्ठले कागजात नष्ठ गर्ने उद्देश्यले आगो लगाएको पत्ता लगाएको स्रोतको भनाई छ ।

पुस ३ गते राति करिब १ बजेतिर हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयको लेखा शाखाको स्टोरमा आगो लागेको थियो । आगलागीबाट महत्वपूर्ण कागजात नष्ट भएका थिए ।