काठमाडौं, ११ पुस । चितवन टाईगर्सलाई हराउँदै भैरहवा ग्ल्याडिएटर्स एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको क्वालीफायरका लागि छनौट भएको छ ।
कीर्तिपुर मैदानमा भएको खेलमा भैरहवाले चितवनलाई ४ विकेटले हराएको हो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओरभमा ९ विकेट गुमाउँदै ८७ रन बनाएको थियो ।
चितवनका लागि दिपेन्द्रसिंह ऐरी र योगेन्द्र कार्कीले समान १५ र १५ रन जोडे । बलीङतर्फ भैरहवाका कप्तान शरद भेषावकरले ३ विकेट लिए ।
जवाफमा ८८ रनको सामान्य लक्ष्य भैरहवाले खेलमा ९ बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा र्गयो । भैरहवालाई विजयी गराउन पुनित मिश्रले ३० तथा रोहित पौडेलले २० रन जोडे ।
यो जितसँगै शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्ससँग फाईनल क्वालीफायर तय गरेको छ ।
विजेता टोली प्रतियोगिताको फाइनलमा पुग्दा पराजित हुने टोलीले ललितपुर प्याट्रिएट्स र पोखरा राईनोजबीच हुने प्ले अफ्बाट छानिने टोलीसँग दोस्रो क्वालीफायर खेल्ने मौका पाउनेछ ।
चितवन पराजित भएसँगै ललितपुर र पोखराले अन्तिम खेल अघि नैं प्ले अफ्मा ठाउँ सुरक्षित गरेका छन् ।