आधुनिक यन्त्रको प्रयोगबाट हाते कागज उत्पादन, आम्दानीमा वृद्धि

1433
views

बाग्लुङ, ११ पुस । बाग्लुङका हाते कागज उत्पादन गर्ने उद्यमीहरुले घरेलु प्रविधिको सट्टा आधुनिक यन्त्र प्रयोग गर्न थालेका छन् । ताराखोला गाउँपालिका–५ मा यन्त्रको प्रयोगबाट कागज बनाउन प्रयोग हुने लोक्तालाई यन्त्र मार्फत उत्पादन गर्न थालेका हुन् ।

जंगलबाट ल्याएको लोक्तालाई काठको मुङ्ग्रोले थिचेर कागज निकाल्ने परम्परागत प्रविधिलाई आधुनिक यन्त्रको प्रयोग गर्न थालिएको हो । परम्परागत प्रविधिबाट दैनिक एकसय थान कागज उत्पादन हुने गरेकामा यन्त्रको प्रयोगले दैनिक ४०० थान कागज उत्पादन गर्न थालिएको छ ।

जुल्फे सामुदायिक लोक्ता प्रशोधन तथा नेपाली कागज उत्पादन समूहका अनुसार आधुनिक प्रविधिको प्रयोगले उत्पादनको मात्रा र गुणस्तर बढेको समूहका अध्यक्ष खिमलाल कँडेलले बताए । समुहमा ६ जना उद्यमी छन्

दुई दशक अघिदेखि उद्यमीले घरेलु प्रविधि अपनाएर हाते कागज उत्पादन गर्दै आएका थिए । कागजसँगै बजारलाई लक्ष्य गरी यसबाट बन्ने विभिन्न सामग्री उत्पादन गरी बिक्री गर्ने गरिएको छ । किसानले जंगलमा गएर ल्याएको लोक्ता प्रशोधन गरी कागज बनाउने गरिएको उद्यमी थिरमती घर्तीले बताउनुभयो ।

नेपाली कागजको उत्पादन र प्रवद्र्धनलाई सघाउन बहु सरोकारवाला वन कार्यक्रमले उद्यमीलाई एक थान लोक्ता प्रशोधन गर्ने यन्त्र उपलब्ध गराएको छ । यस्तै, बागलुङ उद्योग वाणिज्य संघले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत एक थान कागज काट्ने आधुनिक यन्त्र उपलब्ध गराएको छ । संघले नेपाली कागजको उत्पादन र बजारीकरणमा टेवा पु¥याउन विभिन्न प्रवद्र्धनात्मक काम गरिरहेको छ ।

स्थानीयस्तरमा थोरै कागज कागज खपत हुने गरे पनि अधिकांश कागज भक्तपुर हस्तकलाले खरिद गर्ने गरेको छ । यन्त्रको प्रयोग सँगै उद्यमीको आम्दानीमा वृद्धि हुनुका साथै समयको पनि वचत हुन थालेको छ ।