बालकोटमा ओली–प्रचण्ड भेट

594
views

काठमाडौँ, १२ पुस । झण्डै एक हप्ताबीच एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सुरु भएको छ। बालकोटस्थित ओली निवासमा दुई नेताबीच भेटवार्ता सुरु भएको हो।


चार दिन लामो चितवन बसाईं र एकतापछि पार्टी नेतृत्वका सम्बन्धमा आएका विवादास्पद धारणाका कारण पछिल्लो दिन एमाले–माओवादी केन्द्रबीच सम्बन्ध चिसिएको आशंकाका बीच दुई नेताबीच वार्ता सुरु भएको हो।

दुई नेताबीच राष्ट्रिय सभा निर्वाचनका कारण उत्पन्न गतिरोध, सरकार गठन र पार्टी एकताका सम्बन्धमा कुराकानी हुनेछ ।