३ खर्व ३३ अर्व रुपैयाँको चीनियाँ लगानीमा निर्माण हुने पार्कको चिनियाँ टोलीद्वारा अवलोकन

737
views

झापा/दमक, १३ पुस । दमक । दमक नगरपालिका वडा–१० आसपासमा बन्ने भनिएको औद्योगिक पार्क निर्माणका लागि चीनियाँ उच्च टोलीले विहिबार स्थलगत अवलोकन गरेको छ । चीनको ल्हासा आर्थिक तथा प्राविधिक विकास क्षेत्रका उपमहासचिव लिउ रुपेङ नेतृत्वको टोलीले औद्योगिक पार्कको अवलोकन गरेको हो ।


दमक नगरपालिकाका अनुसार उक्त औद्योगिक पार्क निर्माणका लागि अवलोकन गर्ने अहिलेसम्मकै उच्चस्तरीय टोली हो । दमक नगरपालिका कार्यालयको सभाहलमा आयोजना गरिएको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा लिउ रुपेङले नेपालमा औद्योगिक विकासका लागि चीन लगानी गर्न लागेको बताए ।

३ खर्व ३३ अर्व रुपैयाँको चीनियाँ लगानीमा उक्त पार्कको निर्माण हुन लागेको छ । पार्क निर्माणका लागि करीब २२ सय विगाह जग्गा चाहिने भएकाले जग्गा अधिग्रहण गर्न शुरु गरिएको नगरपालिकाका कार्यकारी अधिकृत युवराज दहालले जानकारी दिए । चीनियाँ उच्च स्तरीय टोलीको अवलोकन अनुसन्धानपछि अन्तिम सहमतिमा हस्ताक्षर हुने भएको छ ।