१५ दिनभित्र दलदर्ता गर्न आयोगको आव्हान

662
views

काठमाण्डौ, १४ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरुलाई निर्वाचन आयोगले विहिबार आह्वान गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा आयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए ।

नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता रहेका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनुपर्ने हुन्छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन भइसकेको र राष्ट्रियसभा सदस्यको निर्वाचन गरी संघीय संसद्को निर्माण गर्ने क्रममा छिट्टै हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले दल दर्ताका लागि आह्वान गरेको हो ।