माओवादीका मन्त्रीहरुले राजिनामा नदिंदा मलाई लाज लागेको छ-नेता शर्मा

579
views

काठमाण्डौ, १४ पुस । काठमाण्डौ, १४ पुस । नेकपा माओवादीका नेता दिनानाथ शर्माले अध्यादेश जारी गर्ने विषयमा दलहरु सहमतिकै आधारमा अगाडि बढ्ने बताएका छन् ।

नेता शर्माले संविधानले राष्ट्रियसभा गठन बहुमतिय प्रणालीमा गठन गर्नुपर्ने उल्लेख गरिए पनि अपव्याख्या गरेर कांग्रेसले एकल संक्रमणीय मतको कुरा गरेको आरोप लगाए ।

संसदमार्फत विधेयक ल्याउनुपर्नेमा कांग्रेसले संसदको अवधि सकिएपछि अध्यादेशमार्फत ल्याएको उनको भनाई छ । राष्ट्रपतिले अध्यादेश अलमलमा नराखी कि फिर्ता गर्नुपर्ने कि जारी गर्नुपर्ने उनको भनाई छ ।

शर्माले प्रदेशसभातर्फको समानुपातिक सासंदको नाम आयोगलाई बुझाउने अन्तिम तयारी भएको जानकारी गराए । उनले एमाले र माओवादीबिच पार्टी एकता हुने बताए । एकताका लागि कठीन मोडहरु आए पनि त्यसलाई व्यवस्थापन गर्दै पार्टी एकता गरिने उनले बताए । पदको कुरालाई लिएर एकता प्रक्रियामा कुनै समस्या नहुने उनको भनाई थियो । शर्माले माओवादीका तर्फबाट मन्त्री बनेकाहरुले राजिनामा दिनुपर्ने भए पनि सरकारमा बसिरहेकोप्रति असन्तुष्टी व्यक्त गरे ।

“मलाई लाज लागिरहेको छ । झण्डा हल्लाएर हिँड्न लाज मान्नुपर्ने हो । हाम्रो अध्यक्षले के हेरिरहनुभएको छ छ“ उनको प्रश्न छ । वाम गठबन्धन गरिसकेपछि नै मन्त्रीहरुलाई फिर्ता बोलाउनुपर्नेमा अध्यक्ष प्रचण्डले नबोलाएको उनको आरोप छ ।