गृहमन्त्रीको जिम्मा पाए ६ महिनामा ५० प्रतिशत अपराध घटाउने लालबाबु पण्डितको दाबी

621
views

काठमाण्डौ, १४ पुस । एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले गृह मन्त्रालयको जिम्मेवारी पाए ६ महिनाभित्र अहिले भईरहेको मध्ये ५० प्रतिशत अपराध न्यूनीकरण गर्ने दावी गरेका छन् ।

भक्तपुरमा गरिएको कार्यक्रममा नेता पण्डितले राजनीति र अपराधको साँठगाँठबाट हुने अपराध न्यून गर्ने उपाय आफूसँग भएको जिकिर गरे । राजनीति र अपराधलाई छुट्याउन जरुरी रहेको भन्दै उनले राजनीतिक आवरणमा हुने अपराधलाई दण्ड गर्न आवश्यक भएको बताए ।

हरेक मन्त्रीले पाएको जिम्मेवारी इमान्दारीका साथ निर्वाह गरे देशले दश बर्षमै विकासमा फड्को मार्ने उनको भनाइ थियो ।