कांग्रेस कार्यसम्पादन समितिको बैठक बालुवाटारमा

673
views

काठमाण्डौ, १४ पुस । कांग्रेस कार्यसम्पादन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । सातवटै प्रदेशमा पार्टीले पाएको समानुपातिकतर्फका सांसदको लागि मापदण्डअनुरूप नाम सिफारिस गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका थिए ।

सभापति देउवासँग १३ औँ महाधिवेशनमा पराजित नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङ, गुरुराज घिमिरेलयायतले निर्वाचनको समीक्षा र समानुपातिकतर्फका सांसदको नाम सिफारिस गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरेका थिए ।

तर, देउवाले प्रदेशमा समानुपातिकतर्फ पार्टीले पाएको सिट संख्यामा सांसद सिफारिसका लागि भन्दै कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।