दुई दशकमा नभएको विकास पाँच बर्षमा गर्ने जनप्रतिनीधिको प्रतिबद्धता

702
views

पर्वत १६ पुस । पर्वतमा प्रतिनिधीसभा र प्रदेशसभामा निर्वाचित साँसदहरुले बिगतका जनप्रतिनिधीले दुई दशकमा नगरेको बिकास पाँच बर्ष भित्र गरेर देखाउने दाबी गरेका छन । चुनाब जितेपछि मतदातालाई धन्यबाद दिन कुस्मा नगरपालिका वडा नं १४ आर्थरमा पुगेका साँसदहरुले बिगतमा २० बर्ष मा नभएको बिकास पाँच बर्ष भित्रै गरेर जनताले दिएको मतको सम्मान गर्ने दाबी गरेका हुन ।

‘हामीले दुई दशकमा हुन नसकेको बिकास पाँच बर्षभित्रमा गरेर देखाउँछौ’ धन्यबाद दिन आयोजित सभामा बोल्दै प्रतिनिधीसभा सदस्य पदम गिरीले भने ‘भारी मत दिएर पठाएका जनताले मन खिन्न बनाउने कुनै अवसर नै दिने छैनौ’ जनताले स्थिरता र सम्बृद्धि चाहेकाले यस पटक बाम गठबन्धनका उमेदवारलाई भारी मत दिएको बताउँदै गिरीले नेपालमा बिदेशी समेत आश्र्चयमा पर्ने ढंगले बिकास र परिर्वतनको अनुभूति दिलाउने प्रतिबद्धता पनि जनाए । ‘अब जनताले हरेक दिन नयाँ परिर्वतनको अनुभूति गर्नेछन’ उनले भने ‘जनताको मत अनुसार दिनरात नसुतेर पाँच बर्षमा मुलुक सम्बृद्धि बनाउने स्पष्ट खाका बनाएरै देखाउनुपर्छ’

कार्यक्रममा बोल्दै प्रदेससभाका सदस्य नेत्रनाथ अधिकारीले चुनाबमा गरेको प्रतिबद्धता अनुसार सबै काम गरेरै छाड्ने बताए । उनले अहिले गरेका बाचाहरु सबै पुरा गरेर अर्को निर्वाचनमा जनता संग मत माग्न आउनै नपर्ने गरि बिकास र सम्बृद्धिका काम गर्ने प्रतिबद्धतता जनाए । ‘यस पटक एजेण्डा लिएर मत माग्न आएका थियौ, अब ती सबै पुरा गरेर छाड्छौ’ उनले भने ‘हाम्रो काम हेरेर अर्को पटक मत माग्न आउनै नपरी तपाईहरुले भोट दिने बनाउँछौ’ माओबादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहेका अधिकारीले एमाले र माओबादी केन्द्रका बिचमा पार्टी एकता हुनुपर्ने जनमतको पनि छिट्र्टै एकता गरि सम्मान हुने बताए ।

प्रदेशसभा र प्रतिनिधीसभामा बिजयी उमेदवारहरुलाई आर्थरको कारबारे, डाडाँखर्क स्थित गुम्बा, रयाले, काहुले र पोखरीचौरमा सर्बसाधरणले फुलमाला र अबिरले स्वागत गरेका थिए भने पञ्चकोशी माबि, शुभकल्याण तथा जनकल्याण आधारभूत बिद्यालयले पनि स्वागत गरेका थिए ।