सोह्र वर्षमा चार हजार महिला हराए

669
views

बाँके । मानव बेचबिखन विरुद्ध कार्यरत माइतीनेपाल क्षेत्रीय कार्यलय नेपालगञ्जमा १६ वर्षको अवधिमा चार हजार भन्दा बढी महिला तथा बालबालिका हराएको भन्दै खोजिका लागि निवेदन परेको छ । सन् २००२ देखि हालसम्मको १६ वर्षको अवधिमा फेला परेका महिला तथा बालबालिकाहरुको संख्या अत्यन्त न्युन रहको छ । माइतीनेपाल नेपालगञ्जका क्षेत्रीय संयोजक केशव कोइरालको अनुसार १६ वर्षको अवधिमा चार हजार ३ सय १८ महिला तथा बालबालिका हराएको भन्दै खोजीका लागि निवेदन परेकोमा ६१९ जना महिला तथा बालबालिका पलेला परेका छन ।
माइती नेपालका अनुसार १६ वर्षको अवधिमा श्रम तथा यौन शोसनमा परेका २४३ को उद्धार गरिएको छ । उद्धार गरिएकाहरु ऋधिकांश भारतबाछ छन । खाडी मुलुकमा धेरै महिलाहरु श्रम तथा यौन शोसनमा परेको दाबी सहित निवेदन पर्ने गरेपनि उद्धारका लागि प्रभावकारी सयन्त्रको अभाव रहेको छ । यस वर्ष मात्रै खोजीका लागि ८३४ जनाको निवेदन परेकोमा १५४ जना फेला परेका छन । गत वर्षको तुलनामा यस वर्ष निवेदन परेका र भेटिएका संख्या बढी छ । आजको गोरखापत्र दैनिकबाट