‘हिंसात्मक बाहेकका प्रदर्शन गर्न स्वतन्त्र’

699
views

काठमाण्डौ । इरानका राष्ट्रपति हसन रुहानीले नागरिकसँग विरोध गर्ने अधिकार रहेको जनाउँदै हिंसात्मक गतिविधि गर्ने हक भने नभएको बताएका छन् ।

चार दिनयता भएका सरकार विरोधी प्रदर्शनपछि पहिलो पटक प्रतिक्रिया दिँदै उनले तोडफोड वा सामाजिक अमनचयनमा खलल पुर्याउने कुनै पनि प्रयास सरकारका लागि सह्य नहुने चेतावनी दिए ।

उनले अन्तर्रा्ष्ट्रिय प्रतिबन्धहरु अहिले इरानमा देखिएका समस्याको कारक भएको बताए । सरकार विरोधी प्रदर्शनहरु राजधानी तेहरानबाहेक अन्यत्र पनि फैलिरहेका छन् ।

सन् २००९ मा भएका विशार्ल यालीयताकै सबैभन्दा ठूला विरोधका कार्यक्रमहरु हाल इरानमा भइरहेका छन् । कतिपय शहरहरुमा झडप भइरहेको छ र इरानले आन्दोलनका लागि प्रयोग भएको भन्दै सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाएको छ ।

अमनचयन कायम राख्न टेलिग्राम र इन्स्टाग्राम जस्ता एप्सहरुमाथि अस्थायी प्रतिबन्ध लगाइएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

इरानमा मोबाइल फोन एपमाथि नियन्त्रण

देशको उत्तर(पूर्वबाट शुरु भएको आन्दोलनमा आर्थिक कठिनाइ र मूल्य वृद्धिसम्बन्धी मागहरु समावेश थिए । तर धेरै ठाउँमा यसले राजनीतिक रंग लिएको छ र आन्दोलनकारीहरुले देशका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी, राष्ट्रपति रुहानी र इरानको हस्तक्षेपकारी क्षेत्रीय नीतिको विरोधमा नाराबाजी गर्दै आएका छन् ।

आफ्नो पछिल्लो ट्वीटर सन्देशमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्ततस् इरानीहरु बुद्धिमान बन्दै गएको र आफ्ना सम्पत्ति र पैसा चोरी गरी आतंकवादलाई बढावा दिन खर्च गरिएको थाहा पाएको बताएका थिए ।

आन्दोलन शुरु भएयता पहिलो पटक प्रतिक्रिया दिँदै राष्ट्रपति रुहानीले ट्रम्पको आलोचना गरे । उनले अमेरिकी राष्ट्रपति ट्रम्प ’शिरदेखि पाउसम्मै’ इरानको शत्रु रहेको बताए ।