उत्तर कोरियाली शासकले दिए अमेरिकालाई यस्तो चेतावनी

705
views

प्योङयाङ, १७, पुस । अमेरिका, बेलायत लगायत विश्वका विभिन्न मुलुकले नयाँ वर्षको स्वागत गरिरहँदा उत्तर कोरियाली शासक किम जोङ उनले अमेरिकालाई चेतावनी दिएका छन् ।

उनले अमेरिकाको सम्पूर्ण भूभाग उत्तर कोरियाली क्षेप्यास्त्रको निशानामा रहेको प्रष्ट पार्दै आफ्ना सबै क्षेप्यास्त्रको ‘स्वीच’ आफ्नै टेबलमा रहेको बताएका छन् । आफूले जहिलो चाह्यो, त्यसैबेला ती क्षेप्यास्त्र प्रयोग गर्न सक्ने उनको भनाइ थियो ।

उनले आफ्नो मुलुक ठूलो परमाणुृ शक्ति बनेर स्थापित हुने दावी गर्दै अमेरिकाले कहिल्यै पनि उत्तर कोरियाविरुद्ध युद्ध गर्न नसक्ने बताए । उनले भने, ‘मैले ब्ल्याकमेल गरेको होइन, यो नै वास्तविकता हो ।’

सन् २०१७ मा उत्तर कोरियाले अनेक क्षेप्यास्त्र परीक्षण गरेको छ । अन्तर्रा्ष्ट्रिय प्रतिबन्धका बाबजुद उसले निरन्तर परमाणु कार्यक्रमलाई अघि बढाइरहेको छ । (एजेन्सी)