क्यान्सर रोगको उपचारका लागि संकटमा आर्थिक सहयोग

1164
views

अनिरुद्र सुवेदी
ईजरायल, १७, पुस । घरको मुख्य परिवार नै क्यान्सर रोगले पीडित भएपछि चितवनका आश बहादुर गुरुङको परिवारलाई आर्थिक संकट पैदा भएको छ ।

भरतपुर नगरपालिका–२३ का क्यान्सर पीडित आश बहादुर गुरुङ पैसाको अभवमा सोचेजस्तै उपचार गर्न सकिरहेका छैनन् । उनलाई उपचारका लागि आर्थिक जुटाउन निकै मुस्किल भैरहेका बेला उनको उपचारका लागि चितवन समाज इजरायल यतिबेला ढुङ्गा खोज्दा द्येउता मिलेजस्तै भएको छ ।

गुरुङलाई चितवन समाज ईजरायलले एकलाख ४५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । चितवन जिल्लामा रहेका दुखी पीडितहरुलाइ मल्हम लागाउने उद्वेश्यले चितवनवासीद्वारा स्थापित चितवन समाज इजरायल गुरुङको उपचारका लागि एक लाख ४५ हजार रकम उपलब्ध गराएको हो ।

उक्त रकम चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको छ ।

चितवन समाज इजरायल कि संस्थापक एवं आजिवन सदस्य समाजसेवी कमला ढकाल तथा चितवन समाज इजरायलको पहलमा संकलित सो रकम भरतपुर नगरपालिका वडा नम्बर २३ का बडा अध्यक्ष नरिनारायण पौडेल मार्फत हस्तान्तरण गरिएको हो ।

रकम हस्तानान्तरण कार्यक्रममा वडा सदस्य जित बहादुर बस्नेत, रेडक्रस सोसाइटी उपशाखा जगतपुरका अध्यक्ष पदम प्रसाद भुसाल, स्थानीय समाजसेवी, बुद्धिजीवी र स्थानीयको सहभागितामा पीडित परिवारलाई दिइएको थियो ।

रकम प्राप्त गरेपछि आश बहादुर गुरुङले आर्थिक संकटको अवस्थामा आफ्नो उपचारका लागि चितवन समाज इजरायलले गरेको सहयोग प्रति हार्दिक कृतज्ञता प्रकट गर्नुभएको थियो ।

कार्यक्रममा चितवन समाज इजरायलकी अध्यक्ष सरिस्मा बराल (उमा) ले सहयोग रकम हस्तान्तरण मा सहयोग गर्ने चितवन युवा अन्तराट्रिय समन्वय समितिका अध्यक्ष मुक्ति प्रसाद अधिकारी लागायतलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

उहाँले बिरामीको सिघ्र स्वास्थ लाभको कामना सहित आगामी दिनहरुमा निरन्तर चितवनवासी दुःखी पीडितहरुको घाउमा मल्हम लगाउदै जाने हाम्रा इजरायल सहकर्मी अनिरुद्र सुवेदीलाइ जानकारी दिनु भभएको छ ।