विदेशी पर्यटकको शीरमा ढल्कियो नेपाली ढाका टोपी

867
views

लमजुङ । भ्रमणमा आएका विदेशी पर्यटकले नेपाली टोपी दिवस टोपी लगाएरै मनाए । सदरमुकाम बँेसीशहरमा आयोजित कार्यक्रममा विदेशी पर्यटकले नेपाली टोपीसहित सहभागी जनाएका हुन् ।

‘हाम्रो टोपी हाम्रो शान, नेपाली पहिचान’ भन्ने मूल नाराका साथ स्थानीयवासीले आयोजना गरेको ¥यालीमा विदेशी पर्यटकले सहभागिता जनाएका हुन् । नेपालीको पहिचान झल्कने टोपी विश्वकै आकर्षक भएको भन्दै नेपालमै रहेका बेला यो दिवस मनाउन पाएकामा खुशी लागेको बेलायती पर्यटक जुलियाले बताउनुभयो ।

दिवसका अवसरमा उद्योग वाणिज्य संघ लमजुङ, रोटरी, रोट्रयाक्ट, जेसिससहित विभिन्न युवा क्लबले आज बिहान बेँसीशहरमा ¥याली निकालेका थिए । ¥यालीमा आयोजकसहित टोपीलगायतका विदेशी र सर्वसाधारणको स्वःस्फूर्त सहभागिता रहेको थियो । सर्वसाधारणले भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झण्डा बोकेका थिए ।

अन्तर्रा्ष्ट्रिय क्षेत्रमा नेपालीको पहिचानका टोपीको महत्व रहेको भन्दै यसको महत्वलाई अझै बढाउन टोपी दिवस सान्दर्भिक भएको रोटरी क्लब अफ लमजुङका अध्यक्ष दीपक पौडेलले बताउनुभयो ।

विगत चारवर्षअघिदेखि रोट्रयाक्ट क्लब अफ लमजुङले टोपी दिवस मनाउँदै आएको छ । अन्तर्रा्ष्ट्रिय क्लब रोट्रयाक्टले नेपाली पनको महत्वलाई प्रवद्र्धन गर्न टोपी दिवस मनाउँदै आएको क्लबका अध्यक्ष झमप्रसाद गुरुङले बताउनुभयो ।