एमालेले (जबज) र माकेले (माओवाद) छोड्नुपर्छ–नेता श्रेष्ठ

862
views

काठमाण्डौ, १८ पुस । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले माओवाद छोडेमात्रै एमालेसँग पार्टी एकता हुने बताएका छन् ।

श्रेष्ठले विगत देखी नै माकेले पथ प्रदर्शक सिद्धान्त मान्दै आएको ‘माओवाद’लाई छोड्नु पर्ने धारणा राख्दै आएका छन् । माकेका अधिकांश नेताहरुले माओवाद मान्न एमालेलाई तयार गर्नुपर्ने बताउँदै आएपनि नेता श्रेष्ठले भने छोड्नु पर्ने तर्क गरेका छन् ।

नेता श्रेष्ठले एमालेले ‘जनताको बहुदलीय जनवाद (जबज)’ पनि छोड्नु पर्ने बताउँदै आएका छन् । उनको भनाइप्रचि माकेभित्र चर्को आलोचना भएको एक नेताले भने । पार्टी एकताबारे बहस भइरहेको बेला माओवाद छोड्नु पर्ने तर्क गरेर आफुलाई एमाले भएको पुष्टि भएको आरोप लाग्न थालेको छ ।

एमाले अध्यक्ष केपी ओलीले एकतापछि बन्ने पार्टी वामपन्थी र कम्युनिस्ट नहुने संकेत गरेर बोलेजस्तै श्रेष्ठको भनाई आएको भन्दै उनको पार्टीभित्र तीब्र आलोचना भइरहेको माओवादी केन्द्रका एक नेताको भनाई छ ।

श्रेष्ठको यस्तो भनाईप्रति एमालेका नेताहरुले पनि तिव्र आलोचना गरेका छन् । जबज सही सावित भएका कारण माओवादीले पनि स्वीकार गर्नु पर्ने तर्क एमाले नेताहरुले गर्दै आएका छन् ।