कांग्रेसले सर्वदलीय बैठक बोलाउने

716
views

काठमाण्डौ । नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाउने भएको छ । प्रदेश प्रमुखको नियुक्ति तथा राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने विषयमा कांग्रेसले सर्वदलीय छलफल गर्ने निर्णय गरेको हो ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेसका शीर्ष नेताको बैठकले चुनावको मिति तथा प्रदेश प्रमुखको नियुक्तिको विषयमा ५ वटै राष्ट्रिय दलसँग छलफल गर्ने निर्णय गरेको हो ।

राष्ट्रियसभाको निर्वाचन गर्न आवश्यक वातावरण बनाउने सम्बन्धमा अन्यदलसँग समेत समझदारी गर्ने विषयमा छलफल भएको कांग्रेसका एक नेताले जानकारी दिए ।

सरकारको नेतृत्वकर्ता समेत रहेको कांग्रेसले राष्ट्रियसभाको निर्वाचनपछि नयाँ सरकार गठनको मार्ग प्रसस्त गर्ने बताउँदै आएको छ । सर्वदलीय बैठकको मिति भने अझै तोकिएको छैन् ।