सगरमाथा आरोहण गर्ने पहिलो स्काउटर- लुईटेल

नेपालको संविधान सगरमाथामा पुर्याउने पहिलो व्यक्ति

1570
views

झापा १८ पुस – झापाली युवा अनिश लुइँटेल नेपाल स्काउटको स्काउटरका रुपमा सगरमाथा आरोहण गर्ने पहिलो स्काउटर हुन् । उनी नेपालको संविधान विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुर्याउने पहिलो व्यक्ति पनि हुन् ।

वि.सं. २०७३ जेठ ८ गते सगरमाथाको सफल आरोहण गरेका अनिशलाई यही पुस ५ गते पर्यटन विभागले नेपालको संविधान सगरमाथाको चुचुरोमा पुर्याउने पहिलो व्यक्ति भनि प्रमाणित गरेको छ ।

त्यस्तै, नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयले पुस ६ गते नै लुइँटेललाई प्रमाण–पत्र प्रदान गर्दै नेपाल स्काउटको स्काउटरका रुपमा सगरमाथा आरोहण गर्ने पहिलो स्काउटर भएको भनि प्रमाणित गरेको छ ।

उनले नेपालको संविधान–२०७२, नेपाल स्काउटको झण्डासहित अन्य विभिन्न संघसंस्थाको झण्डा पनि सगरमाथाको चुचुरोमा पुर्याएका थिए । मुलुककै सबैभन्दा होचो भू–भाग झापाको कचनकवलको माटो पनि सगरमाथाको शिखरमा पुर्याएका थिए ।

झापा चन्द्रगढीका अनिशले वि.सं. २०७३ जेठ ८ गते बिहान ५ बजेर २७ मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए ।

यसअघि पनि सगरमाथा आरोहणका लागि गएका अनिश २०७२ साल वैशाख १२ गतेको महाभूकम्पका कारण सगरमाथाको क्याम्प टुमा ३ हप्ता बसेर फर्किएका थिए ।

२४ वर्षीय अनिशले सोलुखुम्बुको ६ हजार १ सय ६० मिटर अग्लो आइस्ल्याण्ड पिकको पनि सफल आरोहण गरेका छन् । त्यसपछि लगत्तै उनले झापाका विभिन्न संघसंस्था तथा स्थानीय व्यक्तित्वको सहयोगमा ८ हजार ८ सय ४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेका हुन् ।

सफल आरोहणपछि लुइँटेल नेपालस्थित बेलायती राजदूतावासका तर्फबाट गोल्ड अवार्डसहित विभिन्न अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भइसकेका छन् ।

‘वल्र्ड युथ क्याम्प’सगरमाथा आरोही अनिश
काँकरभिट्टा÷ दक्षिण कोरियामा आयोजना हुने अन्र्तराष्ट्रियस्तरको एक कार्यक्रममा नेपालबाट सगरमाथा आरोही झापाली युवा अनिश लुईंटेलसहित दुईजनाले भाग लिने भएका छन् ।

‘ओलम्पिक विन्टर गेम्स प्योङ्ग च्याङ्ग २०१८ वल्र्ड युथ क्याम्प’ का लागि नेपाल स्काउटले स्काउट शिक्षक समेत रहेका लुईंटेल र स्काउट विद्यार्थी सुनसरीका लियोन श्रेष्ठलाई छनौट गरेको हो ।

२०७३ जेठ ८ गते सगरमाथाको सफल आरोहण गरेका लुईंटेल र स्काउट विद्यार्थी श्रेष्ठलाई सो क्याम्पका लागि स्काउटरका रुपमा छनौट गरिएको नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयले जनाएको छ ।

यहि फेब्रुअरी २२ देखि २५ तारिखसम्म दक्षिण कोरियामा सञ्चालन हुने युवा लक्षित विश्वस्तरीय क्याम्पमा लुईंटेल र श्रेष्ठले स्काउटसहित नेपालको प्रतिनिधित्व गर्ने भएका हुन् ।

विश्वका विभिन्न मुलुकमा क्रियाशिल स्काउटसहित युवाको नेतृत्वमा सञ्चालित संघ संस्थाका प्रतिनिधिहरुले युवाको अग्रसरताबाट प्राप्त उपलब्धि र आ–आफ्ना अनुभव, अनुभूति आदान प्रदान गर्नेछन् ।

सो अवसरमा विभिन्न देशका प्रतिनिधिहरुले सम्बन्धित देशमा युवा वर्गको अवस्था, भावी कार्ययोजनासहित युवासंग सरोकार राख्ने विविध विषयवस्तुमा घनिभूत अन्र्त्क्रिया गर्ने बताइएको छ ।

‘आउट डुवर स्ट्रक्टर’, द ड्युक अफ इडन वर्गस इन्टरनेशनल अवार्ड अन्र्तगत ‘विन्डोर क्यास्ट्रल’लगायतका तालिम लिई सकेका २४ वर्षीय लुईंटेलले अन्य विभिन्न तालिमका क्रममा लन्डन, सिङ्गापुर, बैङ्ककलगायत मुलुकको भ्रमण गरिसकेका छन् ।

उनी नेपालस्थित बेलायती राजदूतावासका तर्फबाट गोल्ड अवार्डसहित विभिन्न अन्र्तराष्ट्रिय अवार्डबाट समेत सम्मानित भइसकेका छन् ।