प्रेम विवाह गरेर केटा नै फरार

‘रातभर परालमा भोकै बसें’ जमुना पौडेल

1216
views

पर्वत । पर्वत खुर्कोटका प्रशान्त सुवेदीले बर्दिया घर भएकी जमुना पौडेललाई प्रेम बिवाह गरि अलपत्र पारेर फरार भएका छन । वर्दिया जिल्ला बाँसगढी नपा–५ कि जमुना पौडेललाई विवाह गरेर फरार सुवेदीले विभिन्न वहाना बनाएर फरार भएका छन् । फेसबुकबाट प्रेम गरी कार्तिक १५ गते कोहलपुर बसपार्क लिन गएका सुवेदीले १५ गते नै काठमाण्डौ लगेका थिए ।

सुवेदीले कार्तिक २२ गते किर्तिपुरको टयाङलाफाँटको राधाकृष्णको मन्दिरमा लगि सिन्दुर हालेको पीडित जमुना पौडेलले बताएकी छिन् ।

विवाह पश्चात मंसिर २ गते कुनपा –२ खुर्कोट आएका छोरा बुहारीलाई विवाह गर्ने लगन नभएको भन्दै झुक्याउने प्रयास गरी श्रीमानलाई फरार बनाएको पौडेलले बताईन् ।

घरमा छोराले बुहारी भित्र्याएपछि परिवारले काठमाण्डौ नै बस्ने भनेकोले उनीहरु पून काठमाण्डौ गएका थिए । केही दिन काठमाण्डौ डेरामा बसेपछि जागिर खोज्ने भन्दै  सुवेदी फरार भएका थिए । पीडित जमुनाले फरार भएका आफ्ना श्रीमानले मोवाईलमा फोन गरी मैले तँलाई चिन्दीन, तनाव नदिने भन्दै फेसबुकमा म्यासेज गरेको र फेसवुकबाट समे वल्क गरेको बताएकी छिन् ।

सो गतिबिधी भएपछि जमुनाले आफ्ना घरपरिवार बर्दियाको सल्लाह अनुसार पर्वत खुर्कोट प्रशान्त सुवेदीको घरमा गएको बताईन् । मंसिर २८ गते खुर्कोट आएकी पौडेललाई परिवारले गास र वास नदिएपछि रातभर आँगनको परालमा भोकै बसेको पीडित पौडेलले बताईन् ।

पीडित जमुना पौडेलले अहिले आफु अन्यायमा परेको गुनासो गर्दै कुश्मा नगरपालीका र जिल्ला प्रहरी कार्यलयमा समेत उजुरी गरेको बताएकी छन । उनलाई भगाही विवाह गर्ने प्रशान्त सुवेदी यातायात बिभाग बाग्लुङमा कार्यरत नायवसुब्बा कुश्मा नगरपालीका दुई खुर्कोटका बाबुराम शर्माका छोरा हुन ।

कुश्मा नगरपालीका पर्वत, जिल्ला प्रहरी कार्यलय पर्वतका अनुसार अनुसन्धान भएको र उनीहरु सम्पर्कमा आए पछि दुवै परिवार बिचमा छलफल गर्न र मिलाउने प्रयास भईरहेको बताएको छ ।