सुर्खेतमा घरेलु मदिरा क्लिन’ अप्रेशन ! के सिलप्याक मदिरा विक्रेताको लाईसेन्स छ ?

1170
views

सुर्खेत, २० पुस । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अबैध ‘घरेलु मदिरा क्लिन’ अप्रेशन सुरु गरेको छ । अबैध रुपमा विक्रि वितरण हुने घरेलु मदिराका कारण झैझगडा बढ्दै गएको तथा शान्ति सुरक्षा समेत विग्रन लागेको भन्दै सुर्खेत प्रहरीले पुस १९ गतेबाट ‘घरेलु मदिरा क्लिन’ अप्रेशन संचालनमा ल्याएको छ । प्रहरीले मदिरा जफत गदैृ नष्ट गरेको छ ।

अबैध रुपमा विक्रि वितरण हुदै आएका मदिरा नियन्त्रण र अनुमति नलिइकन सञ्चालित पसलहरुलाई मर्यादित बनाउन ‘घरेलु मदिरा क्लिन’ अप्रेशन सुरु गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले वताए ।

प्रहरीले पहिलो दिन वीरेन्द्रनगर नगरपालिका क्षेत्रका नेवारे, ईत्राम, र वाड्सिमलवाट अभियान संचालन गरेको प्रहरीले वताएको छ । प्रहरीले पहिलो पटक सचेत गराउने भएपनि पुन अबैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने तथा विक्रि गरेको पाईएमा मुद्दा चलाई कार्वाही अघि वढाईने प्रहरी उपरिक्षक चर्तुवदीले वताए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्लाको विभिन्न वजार क्षेत्रमा अनुगमन गरी सिलप्याक मदिरा विक्रेताले लाईसेन्स लिएको छ की छैन, मदिरा पसल अलग्गै राखेको छ कि छैन, सार्वजनिक स्थलमा धुम्रपान गरेको छ कि छैन भन्ने कुराको समेत अनुगमन गर्ने र कानुन विपरीत पाईएमा कार्वाही गर्ने समेतको कार्य थालेको छ ।