रिना खनाल
काठमाण्डौ, २० पुस । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक तथा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी गोकुल भण्डारीले सम्हाल्नु भएको छ ।
सहायक रथी नैनराज दाहालले निर्देशनालयमा आयोजित एक कार्यक्रमका बीच सहायक रथी भण्डारीलाई कार्यभार हस्तान्तरण गर्नु भएको हो ।
करिव ३ महिना जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सञ्चार जगतका सवै मिडिया हाउस, प्रकाशक, सम्पादक तथा बिशेषगरी डिफेन्स विटसंग सम्बद्ध पत्रकारहरुबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि दाहालले आभार प्रकट गर्नु भएको छ ।
सहायक रथी भण्डारीको कार्यकालमा नेपाली सेना र पत्रकार जगतबीचको सम्बन्ध थप प्रगाढ र सुमधुर बनाउँदै लैजान सञ्चार जगतको अझ बढी सहयोग रहने विश्वास नेपाली सेनाले लिएको छ ।