प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा सहमति जुट्यो

634
views

काठमाडौँ, २० पुस । माओवादी केन्द्र र नेकपा एमालेले प्रदेश राजधानी, प्रदेश प्रमुख तोक्ने र राष्ट्रिय सभा को निर्वाचन मिति तोक्ने प्रक्रिया अगाडि बढाउने विषयमा सहमत भएका छन् ।

बिहिबार बिहान सम्पन्न सर्वदलीय बैठकमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा सहमति जुटेको हो । बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले माओवादी नेताहरुले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषय सरकारको भएको भन्दै ति काम छिटो गर्न सुझाव दिएको बताए ।

बैठकपछि माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले चाडो प्रदेश प्रमुख र अस्थायी केन्द्रका बारेमा सरकारलाई निर्णयमा पुग्न सुझाव दिएको बताए । सर्वदलीय बैठकमा सहमति जुटाएर सरकारले आज बस्ने मन्त्रिपरिषद बैठकबाट यी तीनवटै विषयमा निर्णय गर्ने तयारी गरेको छ ।