मित्रराष्ट्र जाम्बिया सेनाका आर्मी कमाण्डर नेपाल भ्रमणमा

777
views

रिना खनाल
काठमाण्डौ । मित्रराष्ट्र जाम्बिया सेनाका आर्मी कमाण्डर लेफ्टिनेण्ट जेनेरल पाउल मिओबा डिएफएस पिएससी पिएलसी पिएम नेपालको सातदिने औपचारीक भ्रमणमा आउनु भएको छ ।

उहाँ यहि पौष २५ गतेसम्म ७ (सात) दिने नेपालको औपचारिक सद्भावना भ्रमणको सिलसिलामा रहनुहुने सैनिक मुख्यालयले जनाएको छ ।

उहाँलाई सैनिक ईन्टेलिजेन्स महानिर्देशक उपरथी जगदिशचन्द्र पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

उहाँले आज बिहीबार टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नु भएको थियो । उहाँको सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

आजै उहाँले प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीसँग जङ्गी अड्डामा भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा उहाँहरु बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।