‘बागी–२’ एक्टिंग र एक्सनको चर्चा

811
views

मुम्बई, २१ पुस । एक्टिंग र एक्सनले सबैको मन जित्न सफल टाइगर श्राफ हिजोआज आफ्नो आगामी फिल्म ‘बागी २’ को शुटिंगमा व्यस्त छन् ।टाइगर शुटिंगको सिलसिलामा हाल गोवाको सडकमा फिल्मको एक्सन गर्दै गरेको देखिएका छन् । टाइगरसँगै एक्टर प्रतीक बब्बर पनि एक्सन गर्दैछन् । फिल्मको पुरै एक्सन सिन गोवामा खिचिएको बताइएको छ ।

 

‘बागी–२’ डाइरेक्टर अहमद खानद्वारा निर्दे्शित फिल्म हो । फिल्म शुटिंगको क्रममा खिचिएको टाइगरको एउटा फोटो बाहिर आएपछि उनको एक्सनको थप चर्चा भएको हो । फिल्ममा उनले कुनै सेफ्टी गार्ड्बिना नै खतरनाक एक्सन सिन गरेका छन् । यो फिल्म सन् २०१६ मा आएको ‘बागी’ को सिक्वल हो । ‘बागी’मा टाइगरको साथमा श्रद्धा कपुर प्रस्तुत भएकी थिइन् भने ‘बागी(२’मा टाइगरकी गर्लफ्रेन्ड दिशा पटानी देखिनेछिन् । फिल्मको रिलिज अप्रिलमा हुन सक्ने संभावना प्रबल छ ।