रुपन्देहीको देवदहमा गोली चल्दा बलु पौडेल घाइते

744
views

बुटवल, २१ पुस । रुपन्देहीको देवदह नगरपालिकामा गोली चलेको छ । मोटर साईकलमा आएका अज्ञात समुहले गोली चलाएका छन् । गोली लागेर स्थानीय बलु पौडेल घाइते भएका छन् । घाईते पौडेलको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पताल लगिएको छ । गोली हान्ने ब्यक्तिहरु मोटरसाइकलमा आएको र गोली हानेर रोहिनी खोलातिर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । पहिचान खुलेको छैन । प्रहरीले गोली हान्नेहरुको खोजी जारी राखेको जनाएको छ ।