आन्तरिक गन्तव्य विस्तार गर्दै वायुसेवा निगम

778
views

काठमाडौँ २२ पुस । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानतर्फ थप गन्तव्य विस्तार गर्ने भएको छ ।

नयाँ गन्तव्यमा उडान थप्न विमान भित्र्याउनेदेखि दक्ष जनशक्ति विमानचालक (पाइलट) व्यवस्थापनमा जुटेको निगमले जनाएको छ ।

हाल दुई वटा वाइ–१२ विमानबाट आन्तरिक उडान भर्दै आएको निगमले चिनबाट थप दुईवटा विमान ल्याउँदैछ । अबको तीन महिनाभित्र चीनबाट नयाँ जहाज आइपुग्ने र नयाँ गन्तव्यमा उडान लैजाने तयारी भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

निगमले सानो विमानले काठमाडौँबाट सिधा ६ र विराटनगर तथा नेपालगञ्जबाट अन्य ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ ।

अन्तराष्ट्रियतर्फ हाल विभिन्न मुलुकका आठ गन्तव्यमा एक बोइङ नाइन एसिबी– ५७५ र एयरवस ए–३२० विमानबाट उडान भर्दै आएको छ ।