श्वेतालाई बिहे गर्न परिवार र साथीभाइको दबाब

951
views

काठमाडौँ २२ पुस । नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरे लगत्तै एकल महिला बन्न पुगेकी नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिने मनस्थितीमा पुगेकी छिन् ।घर परिवार र साथीभाइबाट विवाहका लागि दबाब आएपछि खड्का विवाह गर्ने सोचमा पुगेकी हुन् । नायिका खड्काले निर्माण गरेको चलचित्र ‘कान्छी’ आउँदो फागुन ४ गते प्रदर्शनमा आउँदैछ ।

काभ्रेको पनौतीमा जन्मिएकी श्वेता संघर्ष गर्दै चलचित्र क्षेत्रमा आएकी हुन् । तीन वर्ष अघि पति वियोगमा परेकी श्वेताले विवाहका बारेमा खुलेर जवाफ दिएकी छैनन् । विवाहका बारेमा प्रश्न गर्दा उनले दोस्रो विवाह आफ्नो हातमा नरहेको भन्दै उम्किने गरेकी छिन् ।

साथै अर्को विवाहबारे उनले दर्शकको चाहनाअनुसार अघि बढ्ने बताएकाले पनि दर्शकले विवाह गर्नुपर्छ भनेर दबाब दिएको खण्डमा उनी विवाह गर्न राजी हुने सम्भावना छ । पति नायक श्रीकृष्ण श्रेष्ठको निधन पश्चात लामो समय शोकमा परेकी उनी त्यसपछि पहिलो चलचित्र ‘कान्छी’ निर्माण गरेर चलचित्र क्षेत्रमा कमब्याक भएकी हुन् ।

बाल्यकाल र चलचित्र क्षेत्रमा प्रवेश गर्दा निकै संघर्ष गरेकी उनी यहि क्षेत्रमा आफ्नो समय बिताउने इच्छामा छन् ।