काठमाण्डौ,, २३ पुस । पूर्व राजा ज्ञानेन्द्र शाह भारतीय राज्य उत्तर प्रदेशको लखनउ पुगेका छन् । पूर्व राजाको लखनउ भ्रमण व्यापारिक तथा धार्मिक प्रयोजनका लागि हुने स्रोतको भनाई छ ।
नेपालगञ्जस्थित सोल्टी होटलका लगानीकर्ता समेत रहेका पूर्वराजाले लखनउ बसाईंका क्रममा होटलका ग्राहक बृद्धिका लागि ब्यापारी लगायतकासँग छलफल गर्नेछन् ।
त्यसबाहेक लखनउमा रहेका धार्मिक पीठहरुमा पूजाआजापनि गर्नेछन् । उनको साथमा पत्नी कोमल, छोरी प्रेरणा लगायत छन् ।
उत्तर प्रदेशमा हिन्दूवादी भारतीय जनता पार्टी (भाजपा) को सरकार छ र मुख्यमन्त्रीमा गोरखनाथ पीठका पीठाधीस आदित्यनाथ छन् ।
मुख्यमन्त्री आदित्यनाथसँग उनको भेट हुन्छ वा हुँदैन, त्यो बताइएको छैन । तर आदित्यनाथले चाहे भेट हुनसक्ने स्रोतहरुको दावी छ ।