आर्दशमा अमेरिकन प्रविधिको वाटर प्युरोफिकेशन सिष्टम जडान

941
views

पर्वत, २३ पुस । आर्दश अंग्रेजी आवासीय माद्यमिक विद्यालयमा अमेरिकन प्रविधिको वाटर प्युरोफिकेशन सिष्टम जडान गरिएको छ । यो सिष्टम फलेवास नगरपालिकाको भवानी विद्यापीठमा पनि जडान गरिएको छ । स्पलास नेपालको प्राविधिक सहयोगमा स्पलास नेपालका ईन्जिनियर चन्द्र पोख्रेलको नेतृत्वमा आएको टोलिले जडान कार्य सम्पन्न गरेको हो ।

विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै यो प्रविधि भित्र्याइएको आर्दश अंग्रेजी आवासिय माद्यमिक विद्यालय पर्वतका प्रिन्सिपल हिम वहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

उक्त प्रविधि काठमाण्डौ उपत्यकाका २५० सामुदायिक विद्यालयहरुमा जडान गरिएको र ति विद्यालयका विद्यार्थीहरुले शुद्ध पिउने पानीको सुविधा प्राप्त गरेका छन् ।

काठमाण्डौ बाहिरका यि दुई विद्यालयका विद्यार्थीहरुले शुद्ध पिउने पानीको अवसरका पाएको पौडेलले बताउनुभयो । पौडेलले भन्नुभयो ‘यो प्रविधि अल्ट्रा फिल्टरेशन सिष्टम (यु.एफ.) हो, यो प्रविधिमा चार चरणमा पानी फिल्टरेशन हुन्छ, जस्ले प्रतिमिनेट २० देखी २५ लिटर पानी फिल्टर गर्दछ, त्यो पानी विद्याथीहरुका लागि प्रयाप्त हो ।’

यो प्रविधिले ०.०२ माईक्रोन आकारका माईक्रो अर्गानिज्महरु फिल्टर गर्ने बताइएको छ । उक्त सिष्टमले ५ देखी ७ बर्षसम्म राम्रोसँग कार्य गर्न सक्नुका साथै आपुर्ति हुने पानीको अवस्थामा पनि निर्भर हुने बताइएको छ । यस प्रविधिको जडान पछि आर्दश अंग्रेजी आवासिय माद्यमिक विद्यालय पर्वत कुश्माले प्राईमरी सेक्सन तथा आवासमा समेत जारमा पानी भरी मिनरल सहितको फिल्टर पानी उपलब्ध गराउन सफल भएको प्रिन्सिपल पौडेलले बताउनुभयो ।

फिल्टर भएको पानी विद्यालय परिसरका छिमेकी तथा विद्यार्थीका अभिभावकहरुले समेत विहान र बेलुका प्रयोग गर्नसक्ने विद्यालयले जनाएको छ ।

विद्यालयले विद्यार्थीहरुलाई प्राविधिक ज्ञानको दक्षता र क्षमता वृद्धि गर्न नयाँ प्रविधि तथा पेडागोजी एवं मेथेडोलोजी भित्र्याउने क्रममा टकिड टिचर डिभाईसबाट समेत कक्षा सञ्चालनको तयारी गरेको छ ।

विद्यालयले अहिले स्र्माट क्लास सञ्चालन गर्नुको साथै थप व्यवस्थित गराउनका लागि स्मार्ट (डिजिटल हल) निर्माण कार्य गरिरहेको पौडेलले बताउनुभयो ।