चिनियाँ राष्ट्रपति भ्रष्टाचारीविरुद्ध निर्ममः १ लाख ५९ हजार नेतालाई कारबाही

827
views

काठमाण्डौ, २४, पुस । पछिल्लो समय चीनमा मौलाइरहेको भ्रष्टाचारलाई नियन्त्र गर्न राष्ट्रपति सी जिन पिङले कडा कदम चालेका छन् । एक वर्षमा मात्रै एक लाख ५९ हजार १०० जनालाई भ्रष्टाचारलाई कारवाही गरिएको छन् । यो सन् २०१७ को रेकर्डमात्रै हो ।

पार्टीको आचारसंहिता उलंघन गरेको र भ्रष्टाचार गरेको अभियोगमा कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको भ्रष्टाचार विरुद्धको केन्द्रीय निकायले जनाएको छ । उनीहरू सबै पार्टीका कुन न कुनै नियकामा रहेको बताइएको छ ।

सरकारका विभिन्न तहमा पार्टीका नेता(कार्यकर्ताहरु नै हुने भएकोले कारवाही पर्ने सबै पार्टीका सदस्यदेखि नेताहरु नै भएको बताइएको छ । एक लाख २२ हजार १०० वटा घटनामा संलग्न भएको र तीमध्ये ४८ हजार ७०० वटा घटना गरिबी निवारणसम्बन्धी थिए ।

हालै प्रकाशित एक सर्वेक्षणले ९३.९ प्रतिशत जनता पार्टीको भ्रष्टाचार विरोधी कामबाट सन्तुष्ट भएको देखाएको छ । यसरी सन्तुष्ट हुनेहरूको मात्रा यसअघि सन् २०१२ मा ७५ प्रतिशत थियो ।