पूर्वराजा र मुख्यमन्त्री योगी आदित्यनाथको लखनऊमा भेट

781
views

काठमाण्डौ, २४, पुस । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह लखनऊमा पुग्नुभएको छ । नेपालगन्ज र पश्चिम नेपालको भ्रमणमा केही दिनअघि निस्कनु भएका पूर्वराजा ज्ञानेन्द्र आइतबार उत्तर प्रदेशको राजधानी लखनऊ पुग्नुभएको हो ।

आज मात्रै पूर्व राजा र भारतीय राजनीतिमा उदाएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता समेत भएको छ । आदित्यनाथको लखनऊको सरकारी आवासमा उहाँहरुबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भेटपछि आदित्यनाथले आज ट्वीटमा फोटो पोष्ट गर्नुभएको छ । भारतलाई हिन्दुराष्ट्र बनाउनुपर्ने अभिव्यक्ति दिने योगी आदित्यनाथ नेपालमा समेत हिन्दु धर्मको एजेण्डालाई समर्थन गर्दै आउनुभएको र उहाँहरुबीच सोही विषयमा गम्भीर छलफल भएको बुझिएको छ ।