सर्जीयो अगुएरोको निर्णायक गोलले म्यान्चेस्टर सिटी विजयी

856
views

काठमाण्डौ, २६ पुस । इङ्गलिस लिग कप फुटबल सेमिफाइनलको पहिलो लेगको खेलमा म्यान्चेस्टर सिटी विजयी भएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीले ब्रिस्टोल सिटीलाई २÷१ ले हराएको हो ।

सिटीलाई विजयी गराउन अर्जेन्टाईनी स्ट्राईकर सर्जीयो अगुएरोले ईन्जुरी समयमा निर्णायक गोल गरेका थिए । यसअघि खेलको ४४ औं मिनेटमा ब्रिस्टोलका बबी रिडले पेनाल्टीमार्फत गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

५५ औं मिनेटमा केभिन डे ब्रायनले गोल गरेपछि म्यान सिटी खेलमा फर्किएको थियो । म्यानचेस्टर सिटी र ब्रिस्टोल सिटीबीच लिग कप फुटबलको सेमिफाइनल दोस्रो लेगको खेल यही जनवरी २३ तारिखमा ब्रिस्टोल सिटीको मैदान एस्टन गेटमा हुनेछ ।