बिद्यालयलाई कम्प्युटर सहयोग

779
views

पर्वत, २६ काठमाण्डौ । कुस्मा नगरपालिका वडा नं १४ आर्थर काहुले स्थित सरस्वती आधारभूत विद्यालयलाई प्रवाशी नेपालीले कम्प्युटर सहयोग गरेका छन । कुस्मा नगरपालिका वडा १४ काहुले घर भै हङ्गकङ्गमा कार्यरत रक्षा गुरुङ्गले विद्यालयलाई कम्प्युटर, प्रिन्टर र फोटोकपी मेशिन सहयोग गरेका हुन ।

कम्प्युटर लगायतका सामाग्री विद्यालयमा अत्याबश्यक रहेको देखेपछि आफुँले सहयोग गरेको समाजसेवी गुरुङ्गले बताए । यसले विद्यालयको शैक्षिक र प्रशासनिक काममा सहयोग पुग्ने बिश्वास लिएको उनको भनाई छ ।

यसैबिच गुरुङ्गले विद्यालयका लागि सहयोग गरेका कम्प्युटर, प्रिन्टर र फोटोकपी मेसिन मंगलबार एक समारोहका बिच हस्तान्तरण गरिएको छ । कार्यक्रममा सहयोगदाता रक्षा गुरुङ्गका भाई तथा कुस्मा नगपालिका वडा नं १४ का वडा अध्यक्ष भीमप्रसाद गुरुङ्गले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मेखबहादुर गुरुङ्ग र प्रधानाध्यापक तारा गुरुङ्गलाई हस्तान्तरण गरे ।

सामाग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष गुरुङ्गले बिद्यालयको शैक्षिक र प्रशासनिक क्षेत्रमा सुधार ल्याउँन जरुरी भएको बताउँदै बिद्यालयलाई सबैले माया गर्ने वातावरण गर्न आग्रह पनि गरे ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मेखबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा माओबादी केन्द्रका वडा कमिटी अध्यक्ष अमृत गुरुङ्ग, समाजसेवी नरबहादुर सुनार, भीमबहादुर गुरुङ्ग, सुनिता पौडेल, सरस्वती बिक लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा स्वागत प्रअ तारा गुरुङ्ग र सञ्चालन शिक्षक यामनाथ पौडेलले गरेका थिए ।