कतारमा सुपरस्टार नाइट्स

2148
views

काठमाडौं, २७ पुस । संगिक्षा फिल्म्स इन्टरटेन्मेन्टले कतारमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । मार्च ८ र ९ तारिखमा हुने सो कार्यक्रमबारे बिहीबार राजधानीमा प्रेसमिट गरी जानकारी दिइएको हो ।

यसअघि दुबईमा दुईपटक नेपाली म्युजिक भिडियो अवार्ड आयोजना गरेको संगिक्षा फिल्म्सले कतारमा गर्ने सांगीतिक कार्यक्रमको नाम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ राखेको छ ।

कार्यक्रममा आनन्द कार्की, अनिल सिंह, राजनराज शिवाकोटी, हेमन्त शर्मा, युवराज चौलागाईं, राधिका हमाल, सेलिना कुँवर, एन्जिला रेग्मीलगायतका गायकगायिकाले गीत गाउनेछन् ।

त्यसैगरी, जितु नेपालले प्रहसन, शंकर बिसी, निरुता सिंह, अनु शाहलगायतले नृत्य प्रस्तुत गर्ने जानकारी आयोजक संस्थाका प्रमुख मनोज केसीले दिएका छन् ।

मार्च ८ मा अल्खोर स्टेडियममा हुने कार्यक्रममा सात हजार र ९ तारिखमा ग्रान्ड मलमा १० हजारभन्दा बढी दर्शकको उपस्थिति हुने विश्वास आयोजक छ ।