प्रादेशिक राजधानीको माग गर्दै पुनः धनकुटा बन्द आह्वान

689
views

धनकुटा, २७ पुस । प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले विहीबार पनि धनकुटा बन्द गरेका छन् ।

धनकुटालाई प्रदेश नं.१ को राजधानी तोकिनुपर्ने माग राख्दै आन्दोलनरत स्थानीयले एक महिना अघिदेखि चरणबद्ध आन्दोलनका गतिविधि गर्दै आएका छन् ।

लगातार ६ दिनसम्मआमहड्ताल गरिएको धनकुटामा विगत २ दिन अघिदेखि आन्दोलनको स्वरुप बदलिएको थियो तर आज पुनः बन्द आह्वान गरिएपछि जनजीवन प्रभावित बनेको छ ।