लालबाबु पण्डित झाडु लिएर सडकमा

1001
views

काठमाडौं, २७ पुस । एमाले नेता लालबाबु पण्डित बिहीबार बिहानै हातमा झाडु लिएर राजधानीका सडकमा झुल्किएका छन् ।

सामान्य प्रशासनमन्त्री हुँदा कर्मचारी प्रशासनभित्रको विकृति हटाउने प्रयास गरेर चर्चामा आएका पण्डित बिहीबार बिहानै राजधानीको तिनकुनेमा भाडू लिएर तिनकुनेमा झुल्किएका हुन् ।

हातमा झाडू र फोहोर हाल्ने टोकरी बोकेका उनको समूहले बिहानभर सडक सफा गरेको थियो । क्लिन काठमाडौं अभियान अन्तरगत सो समूहले कोटेश्वरदेखि माइतीघर मण्डलासम्मका सडक सफा गरेको थियो । ‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ अभियान सुरू भएको जनाइएको छ ।