मन्त्रिपरिषद् बैठक सुरु, प्रदेश प्रमुख तोकिदै

779
views

काठमाडौँ २८ पुस । प्रदेश प्रमुख तोक्ने चर्चासँगै मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको छ ।

केही बेर अघिदेखि बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोभिन्द परियारले जानकारी दिए । सरकारले आफ्नो संवैधानिक दायित्व पुरा गर्न भन्दै राजनीतिक सहमति नजुटे पनि आज प्रदेश प्रमुख नियुक्त गर्ने लागेको हो वाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिए ।

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका अनुसार माघ ७ गते मतदाता नामावली सार्वजनिक गर्नुपर्ने भएकोले तत्काल प्रदेश प्रमुख नियुक्त गर्न लागिएको उनले बताए । तर प्रदेशको अस्थायी राजधानी भने आज नै तोक्ने सम्भावना कमै रहेको बताईएको छ ।