मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएरै छोड्छुः ट्रम्प

899
views

काठमाडौँ २८ पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएरै छोड्ने बताएका छन् । उनले आफ्नो पुरानो कार्यक्रम यथावत नै रहेको जानकारी दिए ।

रिपब्लिकन र डोमोक्र्याटहरुबीच भइरहेको वार्तामा पनि आफ्नो यो एजेण्डालाई कानुनकै रुपमा राख्न निर्देशन दिएका छन् । हाल उनीहरुबीच आप्रवासन सम्बन्धी वार्ता भइरहेको छ ।

उक्त आप्रवासनसम्बन्धी वार्तामा मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनुपर्ने विषयलाई पनि कानुनका रुपमा नै राख्न ट्रम्पले आग्रह गरेका छन् ।

अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार गएको मङ्गलबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एकजना अधिकारीले सीमा सुरक्षामा कदम चाल्नु महत्वपूर्ण भएको भए पनि मेक्सिकोको सीमामा लगाउने भनिएको पर्खालको बारेमा भने तत्कालै कुनै पनि सम्भावना नरहेको सङ्केत गरेका थिए ।

प्रतिक्रियापछि बुधबार मात्र राष्ट्रपति ट्रम्पले उक्त सीमा पर्खालबारे आफ्नो कार्यक्रममा रहेको र सो कार्यक्रम आफ्नो प्राथमिकताबाट कहिल्यै पनि नहट्ने पनि जानकारी दिएका हुन् ।