माओवादी केन्द्रका विनाविभागीय मन्त्रीहरुले दिए सामुहिक राजिनामा

649
views

काठमाण्डौ, २८ पुस । शुक्रबार माओवादी केन्द्रका मन्त्रीहरुले औपचारीक रुपमा सामुहिक राजिनामा दिएका छन् । राजीनामापछि माओवादी केन्द्र सरकार बाहिर भएको छ । शुक्रबारको मन्त्रीपरिषदको बैठकपछि विनाविभागीय मन्त्री रहेका माओवादी नेता गिरिराजमणि पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको पत्रसहित मन्त्रीहरुको समुहिक राजीनामा बुझाएका हुन् ।

एमालेसँगगठबन्धन बनाएपछि प्रधानमन्त्री शेर बहादुर देउवाले राप्रपालाई सरकारमा प्रवेश गराउँदै माओवादी केन्द्रका मन्त्रीहरुको जिम्मेवारी खोसेका थिए । माओवादी केन्द्रका ९ मन्त्री र ७ राज्य मन्त्री विनाविभागिय बनेको ६८ दिनपछि राजिनामा दिएका हुन् ।

माओवादीका तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा मन्त्रीहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, टेकबहादुर बस्नेत, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, आशा कोइराला, सन्तकुमार थारू र प्रभु साह सहभागी थिए। त्यस्तै राज्यमन्त्रीहरूमा मोहम्द जाकिर हुसैन, राजसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र ओङदी शेर्पा सहभागी थिए ।