इशाले जितिन् पहिलो मिस गोरखा

818
views

गोरखा, २८ पुस । गोरखाकी १९ वर्षीया इशा शाहले ‘मिस गोरखा–२०१७ ब्युटी एण्ड ब्रेन’को उपाधि जित्न सफल भएकी जित्न सफल भएकी छिन् । बिहीबार राति सकिएको प्रतियोगिताको ग्राण्ड फिनालेमा इशाले निर्णायक चरणमा सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिँदै पहिलो मिस गोरखा बन्न सफल भएकी हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समितिकी अध्यक्ष एवं सौन्दर्यकला व्यवसायी महासंघकी अध्यक्ष कमला श्रेष्ठले इशाको शिरमा ताज पहि¥याइदिए भने निर्णायकले नगद र जिन्सी गरी रु एक लाख बराबरको पुरस्कार इशालाई प्रदान गरे ।

ईशा २० जना प्रतिस्पर्धीलाई उछिन्न सफल भएकी हुन् । ठूलो आँगनकी प्रकृति श्रेष्ठ फस्ट रनर अप हुँदै नगद र जिन्सी गरी रु ५० हजार बराबरबाट पुरस्कृत भएकी छिन् । सेकेण्ड रनर अप बसपार्ककी विष्णु घलेले रु ३० हजार बराबरको र थर्ड रनर अप चाइनीज धाराकी सिर्जना मगरले नगद र जिन्सी गरी रु १० हजारभन्दा बढीले पुरस्कृत भए ।