भिल्ला रियालसँग रियल मड्रिड पराजित

625
views

काठमाडौं, ३०, पुस । स्पेनिस लिग फुटबलमा रियल मड्रिडलाई भिल्लारियलले १–० ले पराजित गरेको छ । रियल मड्रिड विरुद्ध भिल्लारियलका पाब्लो फार्नाल्सले ८७ औं मिनेटमा निर्णायक गोल गरे । स्पेसिन लिग फुटबलमा रियल मड्रिडमाथि भिल्लारियलको यो पहिलो जित हो ।

यो हारसँगै रियलको १७ खेलमा ३२ अंक भएको छ । चौथो स्थानमा रहेको रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा १६ अंकले तल छ । त्यस्तै २८ अंक सहित भिल्लारियल छैठौं स्थानमा छ ।

ला लिगामा गएराति एथ्लेटिको मड्रिडले आईबारलाई १–० ले हराउँदा भ्यालेन्सियाले डेपोर्टिभो लाकोरुनालाई २–१ ले तथा गिरोनाले लास पाल्मासलाई ६–० ले पराजित गरेको छ ।