मानविय सेवा गर्न पाउँदा आनन्द मिलेको छ–धुर्मुस

786
views

विर्तामोड, ३०, पुस । झापा विर्तामोड नगरपालिका–८ को टुनटुन बस्तीका सन्थाल, मुसहर तथा दलित समुदायका सर्वसाधारणलाई सिताराम कट्टेल धुर्मुसले न्यानो ओड्ने कपडा वितरण गरेका छन् । उनले गृह जिल्ला झापाका विपन्न समुदायका मानिसहरुलाई न्यानो कपडा वितरण गरेका हुन् ।

उक्त बस्तीमा सन्थाल समुदायका बाबुलाल सोरेनले न्यानो कपडा पाएपछि जीवनमा सबैभन्दा खुशीको पाएको दिन भन्दै खुशी व्यक्त गरेका छन् । जाडोमा कामिरहेका सम्बरबहादुर परियारले आफू जस्ता दलित समुदायका मानिसहरुलाई हेर्ने मान्छे कम रहेको अवस्थामा कलाकार धुर्मुसको न्यानो कपडा वितरणको तारीफ गरे ।

धुर्मुसले टुनटुन बस्तीमा धुर्मुसले एक सय ६७ जनालाई न्यानो कम्बल वितरण गरेका छन् । त्यसपछि लगत्तै उनले विर्तामोड नगरपालिका ७ मा रहेको मुसहर बस्तीमा ३३ जनालाई कम्बल वितरण गरेका छन् । न्याानो ओड्ने कपडा वितरण कार्यक्रममा कलाकार जितु नेपाल पनि सहभागी भएका थिए । कलाकार नेपालले भने, ‘धुर्मुस जस्तो कलाकार न पहिला जन्मियो न फेरि जन्मिने छ ।’

कलाकार धुर्मुसले आफूलाई सामाजिक काम गर्दा जति आनन्द आउने प्रतिक्रिया दिएका छन् । उनले मानविय धर्मका लागि अगाडी बढेको बताए ।