स्वास्थ्य ठिक हुँदा पनि बैंकक बसाई किन लम्ब्याउँदै ओली ? यस्ता छन् बैंकक बसाईका तीन कारण !

749
views

काठमाण्डौ, १, माघ । स्वास्थ्य परिक्षणका लागि २६ पुषमा बैंककतर्फ प्रस्थान गर्नुअघि राष्टिय सभा निर्वाचन र प्रदेश सरकार निर्माणका सम्बन्धमा गठित एमाले माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, ‘कार्यदलले गर्नुपर्ने काम गर्दै गरोस्, बाँकी थप निर्णय गर्नुपर्ने भए म ब्यांककबाट फर्केपछि गरौंला ।’ त्यसक्रममा उनले आफू २ माघमा काठमाडौं फर्कने जानकारी पनि गराएका थिए ।

२ माघमा फर्कने बताएपनि ओली थप केही दिन बैंककमै रहनसक्ने एमाले प्रचार विभागका सचिव विष्णु रिजालले जनाएका छन् । आइतबार बिहान बैंककस्थित ओली रहेको एउटा होटलमा उनलाई भेटेका रिजालले सामाजिक सञ्जालमा भनेका छन् ‘ओलीको स्वास्थ्यस्थिति एकदम राम्रो छ । तर, उहाँ थप केही दिन ब्यांककमै आराम गरेर बस्नु हुनेछ ।’

स्वास्थ्य परिक्षण (उपचार होइन) का लागि बैंकक गएका ओलीको स्वास्थ्यमा कुनै समस्या नरहेको देखिएपछि उनको साथमा गएका दुई चिकित्सकहरु पनि काठमाडौं फर्किसकेका छन् । तीमध्ये डा.दीब्या सिंह शनिबार नै काठमाडौं फर्किन् भने डा यादव भट्ट आइतबार फर्के ।

परीक्षणबाट स्वास्थ्य स्थिति ठीक रहेको प्रतिवेदन आएको छ, त्यस्तो प्रतिवेदनपछि ओली बैंकक बसाईलाई किन लम्ब्याउने योजनामा छन् त? जानकारहरुका भनाईमा, ओली थप केही दिन बैंककमै रहन चाहनुमा यस्ता छन् बैंकक बसाईका तीन कारणः
स्वास्थ्य ठीक तर शरीर कमजोर ।
सरकार परिवर्तनमा लाग्ने समय ।
आसेपासेहरुको घेरा । यि तीन कारणले गर्दा पनि ओली बैंककमै रहनुपर्ने अवस्था आएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट विय प्राप्त गरेसँगै एमाले माओवादी केन्द्रका शीर्ष नेताहरु एउटा कुराबाट हैरान छन्, कुमार प्रबृत्तिका व्यक्तिहरुको आफ्नो घर घुम्ने क्रम । राष्टिय सभामा पुग्न, प्रदेशको मुख्यमन्त्री, उपमुख्यमन्त्री र सभामुख बन्न ती व्यक्तिहरु दिनहुँजसो नेताको घर धाउँछन् र नेताको चाकडी गरेर यी पद हत्याउन चाहन्छन् । सबैभन्दा ठूलो पार्टीका अध्यक्ष र हुनेवाला प्रधानमन्त्री हुनुको नाताले यो प्रबृत्तिबाट ओली सबैभन्दा धेरै हैरान छन् ।